माधव नेपाल पक्षका नेता भन्छन्, ‘अब हाम्रो दोस्रो विद्रोह सुरु भयो, भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं’

काठमाडौ । आइतवार राति लामो समय देखि चल्दै आएको विवाद समाधानका लागि भन्दै कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि माधव नेपाल पक्षका नेताहरुबाछ मिश्रित प्रतिकृया आएका छन् ।

केही नेताहरुले यसलाई सकारात्मक प्रतिकृया दिएका छन् भने केहीले आपत्ती जनाएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिमा कुनै आपत्ती नजनाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सहमतिका बुँदालाई गरेको ब्याख्याका बारेमा आपत्ती जनाएका छन् ।

उनले सर्वोच्च अदालतको मान हानी हुनेगरी थापाले गरेको ब्याख्या प्रति आपत्ती जनाएका हुन् । यसले नेपाल समुहमा सहमतिले हलचल पैदा गरेको अनुमान लगाउन सकिन्छ ।

माधव पक्षकै नेता योगेश भट्टराईले सहमतिको स्वागत गरेकै बेला अर्का नेता राजेन्द्र कुमार राईले भने कडा आलोचना गरेका छन् । उनले नेपाल प्रेससंग अन्तरवार्ता दिँदै कार्यदलमा भएको सहमतिलाई ब्यक्तिगत सहमति भनेका छन् ।

ओली समुहमा जान सहज होस् भनेर उनीहरु आफै सहमतिमा हस्ताक्षर गरेको उनको भनाई छ ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन्, हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि १ कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन ।

जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।

हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।

१० बुँदे सहमतिले माधव नेपाल पक्ष विभाजन तर्फ, स्वागत र आपत्ती ब्यक्त गर्दै नेताहरुको फरक फरक राय

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले रातारात सहमति भन्दै १० बुँदे सार्वजनिक गरेपछि माधव नेपाल पक्षमा असन्तुष्टि देखिएको छ । माधव नेपाल पक्षवाट फरक फरक धारणा आएका छन् ।

कसैले यसलाई स्वागत गरेका छन् भने कसैले आपत्ती जनाएका छन् ।

यसले माधव नेपाल समुहमा हलचल पैदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदल नेताप्रति उत्तरदायी नभएर आफै सहमति भन्दै बुँदा सार्वजनिक गरेको भन्दै नेताहरुले आपत्ती जनाएका छन ।

दुबै पक्षमा छलफल गर्नुपर्नेमा त्यो नगरी कार्यदल आफैंले सहमति भनेर घोषणा गरेकोमा नेपाल समूहमा असन्तुष्टि छ ।

उनीहरुमध्ये एक केन्द्रीय भन्छन्, ‘केपी ओलीले के गर्नुहुन्छ थाहा भएन, तर हाम्रो समूहमा यो प्रस्तावबारे केन्द्रीय सदस्यहरुबीच छलफल गर्नुपर्छ, गर्छौं ।’

२८ फागुन २०७७ मा ओली पक्षले गरेको निर्णय नमान्ने आफूहरुको अडान भएकाले यसवारेमा छलफल गर्नुपर्ने उनको भनाई छ । ति नेता भन्छन् ‘यो सहमति स्वीकार गर्ने हो भने २८ फागुन र त्यसयता भएका निर्णयहरु मिलाएर मानिदिनुपर्ने भयो ।’

अर्का नेता राजेन्द्र कुमार राईले भने कडा आलोचना गरेका छन् । कार्यदलमा भएको सहमतिलाई ब्यक्तिगत सहमति भनेका छन् । ओली समुहमा जान सहज होस् भनेर उनीहरु आफै सहमतिमा हस्ताक्षर गरेको उनको भनाई छ । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् ।

त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो । हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं उनले भने ।

यता योगेश भट्टराई लगायतका केही नेताहरुले भने सहमतिको पूर्ण स्वागत गरेका छन् ।

कार्यदलले रातारात सहमति सार्वजनिक गर्नु र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब संसद पुनस्थापना हुँदैन भन्दै गरेको टिप्पणीले पनि आशंका उब्जाएको एक नेताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button