‘लोडसेडिङ मैले हटाएको हो,तर अरुले नै जस लिए’: टोपबहादुर रायमाझी
२ माघ, काठमाडौं । ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देश चुनावमा होमिएको बताएका। उनले सरकारले अस्थिताको विकाल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै राजनीतिक शक्ति चुनावमा जानुको विकल्प नरहेको बताए।
रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले अब सडक होइन, चुनावमा जान आन्दोलनरत दलहरुलाई आह्वान गरेका छन्।
रायमाझीले पार्टी भित्रैबाट सरकारलाई सडकमा फालेर देशलाई अराजकतातर्फ लैजाने चलखेलबाट बचाउन सरकारले प्रतिनिधि सभा भंग गर्न बाध्य भएको जिकिर गरे।
‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खालको खेल सुरु भयो । माधव-प्रचण्डको गतिविधिबाट अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो’, उनले भने, ‘त्यसकारण संसद विघटन गर्ने काम भयो । यो बाध्यत्मक अवस्था पनि हो।’
ऊर्जामन्त्री रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन्। ‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ’, उनले भने, ‘त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’