
माओवादी छोडेर एमाले प्रवेश गरेका यि ४ नेता किन गए प्रचण्ड विरुद्ध उजुरी दिन ?
काठमाडौ । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका ४ नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उजुरी दिन निर्वाचन आयोग पुगेका छन् ।

माओवादी केन्द्रले कारवाही गरेका कारण सांसद पद खुस्किएपछि उनीहरु प्रचण्ड विरुद्ध उजुरी लिएर आयोग पुगेका हुन् । उजुरीका लागि आयोग पुग्नेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी छन् ।

पूर्वमाओवादी टोलीले निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवोदन दर्ता गर्न लागेको उनीहरुले बताएका छन् । आफुहरुलाई कारवाहीको निर्णय गरेको माओवादी केन्द्र नै अवैधानिक भएको उनीहरुको तर्क छ ।
महाधिवेशन नै नगरेको माओवादी केन्द्रले आफुहरुलाई कारवाही गर्न नसक्ने उनीहरुले बताएका छन् । यस अघि उनीहरुले केही अधिवक्ताहरुसंग पनि यसवारेमा परामर्श गरेका थिए ।
त्यसैगरी केहीदिनभित्रै उनीहरुले सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्ने योजना बनाएका छन् । संसद पुनस्र्थापनाका विषयमा सर्वोच्चको फैसला आएपछि रिट निवेदन दर्ता गर्ने योजना उनीहरुको छ । कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म भएको छैन ।
नयाँ नामको पार्टी दर्तापनि नभएको बेलामा आफुहरुलाई कारवाही गरिएका कारण त्यो वैधानिक नभएको नेता प्रभु साहले बताएका छन् ।
एमालेको विवाद मिल्दै गर्दा प्रचण्डलाई छटपटि ? जनकपुरवाट फर्किएर विमानस्थलवाट सिधै नेपाल निवास लागे
नेकपा एमाले भित्र देखिएको विवाद मिलाउन अन्तिम कसरत गरिदै छ । सेलाएको कार्यदललाई ब्युँझाएर वार्ता थालिएको छ । सो कार्यदलले ल्याएको सुझाव कार्यान्वयन गर्ने संकेत अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवैले दिएपछि नेताहरु उत्साही बनेका छन् ।
कार्यदलले ल्याएको मस्यौदामा ओली र नेपाल दुवैले पार्टी एक भएको संयुक्त वक्तब्य निकाल्ने तयारी भइरहेको छ ।
अध्यक्ष ओलीसंग असन्तुष्ट भएर विपक्षीसंग मिल्न गएका माधव नेपाललाई फकाउन एमालेमा तिब्र प्रयास भइरहँदा विपक्षी नेताहरुभने झस्कन थालेको बुझ्न सकिन्छ ।
विपक्षी गठबन्धनसंग मिलेर नेपालले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमतिमा हस्ताक्षर गरेर सर्वोच्च अदालतमा बुझाइसकेका छन् । सर्वोच्चको निर्णय नआउँदै यता एमाले एकताको प्रयास सकारात्मक मोडमा अघि बडेको छ ।
बुधवार पनि नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सुरु भएको छ । बुधवारको बैठकले मस्यौदा तयार गर्ने भनिएको छ ।
यता सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
प्रचण्ड जनकपुरबाट फर्किएर विमानस्थलबाट सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन्। एमालेको कार्यदलले ओली र नेपाललाई मिलाउन प्रयास गरिरहेको छ ।
ओली पक्षले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने भनेको छ । तर नेपाल भने कांग्रेससहितको विपक्षी गठबन्धनमा प्रतिबद्ध छन्। उनले हस्ताक्षर फिर्ता नगर्ने बताउँदै आएका छन् ।



