
माधव पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटारमा ? ओलीसंग के भयो कुरा ?
काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर माधव नेपाल पक्षले भने यसलाई पनि आयोजक कमिटी बैठककै निरन्तरता भनेको छ ।

सोही मान्यताका कारण आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक वहिष्कार गरेको छ । एकता अभियान संचालन गर्दै आएका उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।

माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो । एमाले बैठक अगाडी ओलीले माधव पक्षका केही नेताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए ।
त्यसकै लागि उनले माधव पक्षका केही नेताहरुसंग छलफलमा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य छलफलमा थिए । तर वैठक सुरु भएपछि उनीहरु वालुवाटारवाट वाहिरिएका हुन् ।
माधव कुमार नेपालले पनि बैठकको मिति पर सार्न आफ्ना पक्षका नेताहरु मार्फत सन्देश पठाएको बुझिएको छ । आफु सहित बसेको बैठकले मात्र माओवादी छोडेर आएका नेताहरुलाई केन्द्रीय कमिटीमा सहभागी गराउने विषयमा औपचारीक निर्णय लिनुपर्ने उनको माग हो ।
माधव समूहका नेताहरुले यो बैठक रोक्न माग गर्दै आएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।
बालुवाटारमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक, माधव पक्षका को को सहभागी भए ?
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा यस अघि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएका एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।
बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। उनीहरुले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका कारण आफुहरु सहभागी नहुने बताएका थिए ।
माधव नेपाल पक्षले वैठकको मिती सार्न र माओवादी छोडेर आएका रामबहादुर थापा बादल लगायतलाई पार्टीको केन्द्रीय सदस्यमा ल्याउने निर्णय आफुहरु सहभागी बैठकले गर्नुपर्ने माग राखेका थिए ।
ति दुवै माग पुरा नभएपछि माधव पक्षको सहभागीता विनानै स्थायी कमिटी बैठक सुरु भएको हो । नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।
बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो



