
प्रधानन्यायाधीशको प्रश्न –संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र ? भनेर प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई सोधे–‘भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?’

कोइरालाले जो पार्टी इलेक्टेड हो उसले त्याग गर्नपर्छ भन्ने जवाफ आफुसँग नभएको बताए ।
जबराले उनलाई फेरि सोधे–‘उहाँले नै विघटन गर्नुभयो हैन, अदालतले तपाईले दायित्व निर्वाह नगरेको हुनाले बदर गरिदिएको छ भन्यो । त्यसपछि, अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो र, उहाँको संवैधानिक दायित्व थिएन?’
जवाफमा अधिवक्ता कोइरालाले भने –‘मेरो टिमको क्याप्टेन म हुँ, सुसाइड गोल गर्न पाइँदैन भन्नु जायज हो ।’
आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न नमिल्ने कोइरालाले जिकिर गरे ।
बाबा ग्यास उद्योगमा पस्यो खोला
खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिन्डर बगाएका छन् ।
उनले भने, “यहाँका सिलिन्डर बगाएर सौराहा सम्म पुगेका छन् ।” बाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ ।
उद्योगमा १० देखि १५ हजार सिलिन्डर रहन्छ । के कति सिलिन्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरेनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए ।
स्थानीय खोलाहरू बढेर पुलहरू उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ ।
कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए ।
लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उनले सौराहा पनि डुबानको खतरामा रहेको जानकारी दिए ।