
वडाध्यक्षले पत्रकारलाई ‘कति पैसा खान्छस् बंगारा फुस्काउँला’ ……भनेपछि (अडियो सहित)
काठमाडौ । एक जना वडाध्यक्षले समाचार बनाएको विषयलाई लिएर ध म्की दिएका छन् । सो घटनाको अडियो पनि सार्वजनिक भएको छ । समाचारको विषयलाई लिएर कैलालीको गोदावरीका एक वडा सदस्यले पत्रकारलाई ध म्की दिएका हुन् ।

गोदावरीको वडा नम्बर १ का सदस्य किर्तबहादुर चन्दले दिनेशखबरकर्मी नारायण अवस्थीलाई बंगारा फुस्काइ दिन्छु भनेको अडियो सार्वजनिक भएको हो ।

सोही मिडियाले आफ्नो बारेमा दिएको अभिब्यक्ति पत्रकारले दिनेश खबरमै सार्वजनिक गरेका हुन् । उनले अत्तरियाको सुरक्षा महिला सामुदायिक वनमा अतिक्रमण गरी टहरा बनाएको समाचार दिनेश खबर र दिनेश एफएममा सम्प्रेषण भएपछि यस्तो ध म्की दिएको समाचारमा जनाइएको छ । समाचार उनकै भनाई पनि राखेको पत्रकारले जनाएका छन् ।
समाचारमा चित्त नबुझे खण्डन दिनुपर्ने तथा कानुनी बाटो रोज्नुपर्नेमा वडा सदस्य चन्द भने सोझै पत्रकार अवस्थीलाई फोनमार्फत ध म्की दिएका छन् । ुमैले समाचार त पढेको छैन, तैले कति पैसा खाएर समाचार लेखिस् त्यो भन्’ उनले फोनमा भनेका छन्, ‘सेनाको मान्छे हुँ तलाई कानून सिकाउँछु र बंगारा समेत फुस्काइ दिन्छु।’



