
उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा थपिने
महामारी नियन्त्रणका लागि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा सकिन अब केही दिन मात्र बाँकी छ । अवधि सकिनै लाग्दा फेरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।

निषेधाज्ञाको अवधि जेठ ३१ पछि सकिदै छ । तर सिडिओहरु त्यस पछि पनि लम्ब्याउने योजनामा रहेकोे बुझिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको पुष्टि गरेका छन् ।
महामारीको चेन ब्रेकका लागि थप निषेधाज्ञा जारी राख्ने र स्वास्थ्यको मापदण्ड अपनाउँदै केही सेवा भने खुकुलो बनाउने बताइएको छ । प्रजिअ पराजुलीले त्यसका लागि होमवर्क थालिएको बताए ।
उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ । तर संक्रमणको अवस्था अझै सामान्य भइनसकेकाले निषेधाज्ञा लम्बिने नै संकेत उनले गरेका छन्।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्त ९३१ गते० सम्म पुर्याइएको हो।
भारतीय छिमेकीको भरमा बाँच्छन् नेपाली- जहाँ घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ
कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ।
त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्। नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन्। अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ?
निषेधाज्ञामा पसल खुल्दैनन्। यस्तोे अवस्थामा भारतका छिमेकीले लुकिछिपी रासन ल्याएर नेपालीलाई नबेच्ने हो भने उनीहरूको छाक कसरी टथ्र्यो र ? मियाँले गत सालको कोरोनाको लहर सम्झिए।
नेपालमा गत वर्ष कोरोना महामारीका कारण गरिबले खान नपाएको उनले पनि सुने। तर, सरकारले सीमा क्षेत्रका बासिन्दालाई खाद्यान्न छ–छैन भनेर सोधखोज गरेन।
सीमामा जोडिएरै बसेका ३४ घरका नेपाली आर्थिक रूपले सम्पन्न छैनन्। उनीहरूसँग जग्गाजमिन थोरै छ। भरपर्दो जागिर कमैको मात्र छ। तर, आफ्नै सरकारले वास्तै नगरेको गुनासो उनीहरूको छ।
भारतीय छिमेकीकै कारण उनीहरूलाई खाद्यान्न अभाव कहिल्यै पनि भएन।
मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका सीमा क्षेत्रका दुवै देशका बासिन्दाबीच प्रगाढ सम्बन्ध छ। पश्चिममा झैं चरम सीमा विवाद पूर्वमा नपरे पनि भावनात्मक असर भने बेलाबखत पर्ने गरेको स्थानीय सुनाउँछन्।
झापाको पूर्वी सीमा क्षेत्र इलामबाट गौरीगन्जसम्मका नेपाली अधिकांश भारतीय बजारमा निर्भर छन्। उनीहरूलाई हरेक कुरा नेपालभन्दा भारतसँग सरोकार हुन्छ। छोरीचेलीको बिहेवारी चल्छ। तरकारी ऐचोपैंचो चल्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।



