प्रदेश २ मा विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताए । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताए ।

कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताए ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् । प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

अनलाइन आवेदन फारम भरेकाले कहिले पाउँछन् खोप ?

हालसम्म खोप नलगाएका १८ वर्ष र सोभन्दा माथिका व्यक्तिहरुलाई फारम भर्न आव्हान गरिएको थियो ।

झण्डै एक महिनाको अवधिमा आवेदन फारम भर्नेको संख्या करिब पौने १३ लाखको हाराहारी पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना व्यवस्थापन ईकाइका अनुसार सोमबार मध्यान्हसम्म १२ लाख ७३ हजार ३३८ जनाले स्वेच्छिक आवेदन फारम भरेका छन् ।

फारम भरेकाहरुमा खोप कहिले लगाउने भन्ने चासो छ । यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता नहुने सूचना व्यवस्थापन ईकाइका प्रमुख डा. अनिल थापा बताउँछन् । तर सरकारले खोप अभियान सञ्चालन गर्दा तोकिने मापदण्डमा फारम भरेका व्यक्तिलाई प्राथमिकताको आधारमा खोप लगाउने छ ।

थापाका अनुसार यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्था गर्नका लागि सहज हुनेछ । यो सेवा लिन स्वास्थ्य मन्त्रालयको यो वेबसाइट भिजिट गर्न सकिने उनले बताए ।

दैनिक कतिले भर्छन् आवेदन फारम ?

कोरोना खोपका लागि दैनिक ४२ हजारभन्दा बढीले अनलाइनमार्फत स्वेच्छिक आवेदन फारम भर्ने गरेका छन् ।

तर यो संख्या अपेक्षाकृत नभएको डा थापा बताउँछन् । अनलाइनमार्फत स्वेच्छिक फारम भर्नेबारे जनतामाझ पर्याप्त मात्रामा सूचना प्रवाह नभएका कारण पनि फारम भर्नेको संख्या कम भएको हुन सक्ने उनको अनुमान छ ।

इन्टरनेटको सुविधा नभएकाहरुले कसरी भर्ने ?

इन्टरनेटको सुविधा नभएका ठाउँका नागरिकलाई पनि खोपका लागि अनलाइन फारम भर्ने व्यस्वस्था मन्त्रालयले मिलाएको इकाई प्रमुख थापाले बताए । ‘इन्टरनेटको सुविधान नभएको ठाउँमा खोपका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाउन सबै पालिकालाई निर्देशन भइसकेको छ,’ उनले भने, ‘आफ्नो परिचय खुल्ने परिचय पत्र लगेर पालिका, वडा कार्यालय वा स्वास्थ्य कार्यालयमा गएर हार्डकपीमा विवरण टिपाउन सक्नेछन् ।’

प्रत्येक पालिकामा स्वास्थ्य फोकल पर्सन तोकिएकाले उनीहरुले नै त्यही हार्डकपीको आधारमा अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको उनले बताए । सरकारले खोप अभिायन सञ्चालन गर्दा निर्धारण गरिने उमेर समूहमा अनलाइन फारम भरेका व्यक्तिलाई प्राथमिकतामा राखिने भएकोले आफैंले फारम भर्न नसक्ने, इन्टरनेट सुविधा नभएका ठाउँका नागरिकलाई आ–आफ्नो पालिका वा वडा कार्यालय वा स्वास्थ्य कार्यालयमै गएर विवरण टिपाउन उनको सुझाव छ ।

फारम भरेकाले कहिले पाउँछ खोप ?

ईकाइ प्रमुख थापाका अनुसार स्वेच्छिक फारम भर्ने बित्तिकै खोप लगाउन पाउँछ भन्ने छैन । सरकारले खोप अभियान सञ्चालन गर्दा छनौट गरिने उमेर समूहमा फारम भरेका व्यक्तिलाई प्राथमिकतामा राख्नुका साथै खोप लगाउन आउनू भनेर म्यासेज गरिनेछ ।

अनलाइन फारम नभरेका व्यक्तिलाई भने खोप लगाउन आउनू भनेर म्यासेज नजाने थापाले बताए ।

खोप लगाउन जाँदा अनलाइन फारम भर्दा प्राप्त हुने दर्ता कार्ड वा दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानु पर्ने उनले बताए ।

जेष्ठ नागरिकमा पनि फारम भरेकालाई प्राथमिकता

सरकारले जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सञ्चालन गर्दैछ । यो अभियानमा पनि सरकारले तोकेको उमेर समूहभित्र पर्ने फारम भरेका जेष्ठ नागरिकलाई प्राथमिकता दिइने थापाले बताए ।

सरकारले काठमाडौं‌ उपत्यकामा ६०–६४ वर्ष उमेर समूह र उपत्यका बाहिरका जिल्लामा ६२-६४ वर्ष उमेर समूहअन्तर्गत पनि माथिल्लो उमेर समूहलाई प्राथमिकतामा राखेर क्रमशः तल्लो उमेर समूहमा खोप लगाउने मापदण्ड बनाएको छ । सोही अनुसार खोप लगाउने व्यवस्था मिलाउन सरकारले सम्बन्धित निकायलाई भनेको छ ।

चीनले हालसालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले मंगलबारबाट खोप अभियान सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयका अनुसार ६०–६४ वर्ष उमेर समूहका नागरिकको संख्या ८ लाख ५४ हजार छ । भरोसेल पहिलो डोज लगाउने यो उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी खोप लगाउने व्यवस्था मिलाइने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

मन्त्रालयको तथ्यांकअनुसार यसअघि ४ लाख ३५ हजार ११२ जनाले कोभिशिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् ।

कोभिशिल्ड खोप लगाएका करिब १३ लाख नागरिक दोस्रो डोजको पर्खाइमा छन् । भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले सम्झौता अनुसारको खोप उपलब्ध नगराएका कारण समयमा खोप दिन नसकेको सरकारले स्वीकार गरिसकेको छ ।

एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि दोस्रो खोपको मात्रा उपलब्ध गराउने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल बताउँछन् । खोपको पहिलो मात्राले पनि कोरोना संक्रमणबाट बचाउन मद्धत पुग्ने भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button