उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ लाइ ओलीले बनाइदिए राज्यमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् ।नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आएका छन् ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त भएका छन् । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।

यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गरे । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् ।

उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

यसै क्रममा चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन्।  प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ।

हिमाल खबरमा छापिएको समाचार अनुसार टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित भएकी थिइन्। उनले आठ हजार ९८ मत पाएकी थिइन्। 

नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्।  उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उनले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। यादव पक्षलाई छोडेर आएकाले नै उनलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ। 

उनी जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसदमा थिइन्। त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

गुरूङ सहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जसपा बनाइएको थियो। अहिले जसपा पनि विभाजनको संघारमा पुगेको छ। 

सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। समाजसेवामा सक्रिय उनी नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसकेकी छिन्। हिमाल खबरमा यो समाचार छ ।

प्रहरीलाई १०० मा आएको त्यो फोन, विदेशबाट फर्केका बुवाका साथीले नै छोरीलाई…. !

घटना बिहीबार रातिको हो। करिब ७ : २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अ’पह’रण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्‍यो। कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्‍यो।

रातो रङको अपाची मोटरसाइकलमा ३०/३५ वर्षीय अपरिचित व्यक्तिले बालिकालाई राजदेवी मन्दिर, पोखरेल टोल हुँदै उत्तरतर्फ लगेको जानकारी आयो। कन्ट्रोलले सञ्चार शाखालाई बतायो। सञ्चार शाखाले तत्कालै सबैतिर घटनाबारे जानकारी दियो।

यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो। एसपी राजेन्द्रप्रसाद धमलाले घटना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा कडाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए।

उनले आधा घण्टामा परिणाम ल्याउन पनि कडा निर्देशन दिँदै सम्पर्क र निर्देशनमा व्यस्त रहे। प्रहरी कार्यालयबाट डीएसपी माधवप्रसाद काफ्ले र इन्स्पेक्टर रामसागर सिंहको छुट्टाछुट्टै टोली निक्लियो।

राजविराजबाट ९ किलोमिटर उत्तर रूपनी नजिक पुगेका आरोपितको प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको रातो रङको मोटरसाइकल र बालिकालाई समेत देखेपछि इलाका प्रहरी कार्यालय रूपनीको टोलीले शंका लागी घेराउ गर्‍यो। बालिकालाई प्रहरीले नै नाम र ठेगानासहित सम्बोधन गर्दै जानकारी माग्यो।

बालिकाले हो भन्नासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीको याचना गर्दै बसेका बालिकाका आमाबुवालाई सान्त्वना दिइरहेका प्रहरीले बालिका फेला परेको र आरोपित पक्राउ परेको खबर सुनाए। वाकीटकीमा प्रहरीहरूबीच भएको कुराकानी सुनेपछि मात्र बालिकाले आफू अ’पहर’णमा परेको थाहा पाइन्।

बालिकाले बताएअनुसार बिहीबार साँझ बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएका थिए। सोही मौका छोपी आएका अपरिचित व्यक्तिले विदेशबाट आएको बुवाको साथी भन्दै आँगनमा १५ मिनेटसम्म ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग कुरा गरे।

आरोपितले शुक्रबार आफ्नो नयाँ घरबासको भोज भएकाले निम्तो मान्नका लागि घर हेरेर फर्किनु भन्दै बालिका र उनका १६ वर्षीय दाजुलाई छतबाट बोलाए। बुवासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाए। बालबालिकाले हजुरबुवा, हजुरआमासँग आँगनमा निकैबेर कुरा गरेको देखेर चिनजानकै होला भन्ठाने।

वृद्धवृद्धाले पनि छोराको साथी भन्ने विश्वासमा परेर घर हेरेर फर्किहाल्नु भन्दै पठाए। केही बेरमा घर फर्केका बालिकाका बुवाआमाले कुनै साथीलाई लिन घर नपठाएको र कोहीसँग फोनमा समेत कुराकानी नभएको बताएपछि वृद्धवृद्धा पछुतो मान्दै चिन्तामा परे।

उनीहरू सपरिवार जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे बेलिविस्तार लगाए।

बालिकाका दाजुलाई राजविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि एउटा घर देखाउँदै आरोपितले बस्दै गर्नु भनेर ओराले र बालिकालाई कपडा किनिदिने र वरिपरिलाई निम्तो दिएर फर्किने भन्दै लगे। यो समाचारअन्नपूर्ण पोस्टमा मनोहर पोख्रेलले यो समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button