
महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) मा एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिएको समय सकिए पछि उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । उता यादव पक्षलाई पनि ठाकुर पक्षले कारवाहीको लागि भन्दै २४ घण्टे अल्टिमेटम सहित पत्र पठाएको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।

‘पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको नेता नेता ईस्तियाक राईले जानकारी दिए ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बैठक बसेको थियो । हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई पार्टी सदस्यबाटसमेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’ राईले भने ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो। स्पष्टिकरण सोध्ने सिलसिला दुवै पक्षवाट भइरहेको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारलाई समर्थन दिने की नदिने भन्ने विषयमा जसपामा विवाद चुलीएको हो । ठाकुर पक्ष ओलीको सरकारमा सहभागी हुने निर्णयमा पुगेका छन् । उनीहरुले ८ मन्त्रालयको माग गरेका छन् । उपेन्द्र यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।
माधव नेपाल पक्षकै नेता भन्छन्, ‘नेपालले चाहे भन्दैमा पार्टी फुट्दैन’
नेकपा (एमाले) का नेता भीम आचार्य माधव नेपाल पक्षका नेता हुन् । उनी एमाले स्थायी कमिटी सदस्य पनि हुन् । तर उनले माधव नेपालले चाहदैमा एमाले नफुट्ने दावी गरेका छन् । उनले अझैपनि आफूहरु पार्टी एकताको लागि अन्तिम कसरतमा रहेको स्पष्ट पारेका छन् ।
तर, यसको लागि सबैभन्दा बढि जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नै भएको पनि उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने(“अहिले त हामी एकताकै पक्षमा छौं । ओली र माधव नेपालबीच फेरि सम्वाद हुन्छ । यो सम्भावना छ ।” उनले एमाले विभाजन भएर गयो भने देशको राजनीति नै ध्रुवीकरण हुने दाबी गरे ।
उनले एमाले विभाजन भयो भने केपी ओली, महन्थ ठाकुर र राजेन्द्र, र कमल थापाको एउटा मोर्चा हुने र बाँकी लोकतान्त्रिक शक्तिहरुको अर्को मोर्चा हुने विश्वास दिलाए । उनले संविधान र कानूनअनुसार फैसला भयो भने संसद् पूनःस्थापना हुने दाबी गरे ।



