ओली तिर लागेका योगेश भट्टराइले माधव नेपाललाई गरे यस्तो आग्रह

माधव नेपालको निकै नजिक मानिएका नेता योगेश भट्टराईले अन्त्यमा प्रधानमन्त्रीको निर्वाचनको समयमा नेपालको साथ छोडेर प्रधानमन्त्री ओली तर्फ लागे ।

उनले पार्टी एकता बचाउनकै लागि नेपालको आग्रह त्यागेर कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर नगरेको भन्दै सार्वजनिक अभिब्यक्ति दिए । ओलीको राजिनामा माग्दै सडकमा आन्दोलन गर्दै आएका भट्टराईले अन्त्यमा ओलीलाई नै प्रधानमन्त्री स्वीकारे ।

तर संसद विघटन पछि फेरी एमाले एकताको सम्भावना रहेन । औपचारीक रुपमै अब एमाले फुट्न लागेपछि एकता बचाउन नेतृत्वलाई उनले आग्रह गरेका छन् । नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।

पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ ।

उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् ।

उनले भनेका छन्–‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ ।’

प्यूठानमा घर भत्किँदा श्रीमान श्रीमती र छोराको मृत्यु, चार छोरीहरु यसरी बाँचे

प्यूठानमा गएराति घर भत्किँदा एकै घरका श्रीमान श्रीमती र छोराको निधन भएको छ । घटनामा ४ जना घाइते भएका छन् । नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिशिर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसार अन्य ४ जना छोरीहरु भने अर्को कोठामा सुतेकाका कारण बाँच्न सफल भएका छन् । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति भत्किएर सो घटना भएको हो ।

यो अर्को समाचार, माधव नेपाल पक्षका एक नेताले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरे
निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले  बोलाए ।

नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईले दावी गरे । एमालेको माधवकुमार नेपाल पक्षका नेता राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताए ।

‘मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button