मध्यरातमै सबै सुतेका बेला राष्ट्रपति र प्रधानमन्त्रीको यसरि बढ्यो सक्रियता

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।

राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाएकी हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।

त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिको वक्तव्य पर्खिएर बसेका प्रधानमन्त्रीले मध्यरातमा मन्त्रीपरिषदको बैठक राखे । संसद भंग गरि मध्यावधी चुनावमा जाने सिफारिस मन्त्रीपरिषदबाट गराई (शनिबार बिहान १२ः५० बजे) राष्ट्रपति कार्यालय पठाए ।

सिफारिस पाए लगत्तै (शनिबार बिहान १ः४९ बजे) राष्ट्रपति भण्डारीले सदर गरिन् । उनले संसद भंगको सिफारिस सदर गरि मध्यावधी चुनावको घोषणा गर्दा शुक्रबार राति (शनिबार बिहान) को लगभग २ बजिसकेको थियो ।

गएको पुस यता स्पष्ट रुपमा अस्थिर बनेको र निशानामा आएको संसदको आयु समाप्त हुन शुक्रबार राति र शनिबार बिहानसम्म बालुवाटार, शितल निवासको सक्रियता देखियो ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद भंग गरिएको थियो । तर त्यसविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो । सर्वोच्चले संसद विघटन असंवैधानिक भन्दै फागुन २३ गते पुनर्स्थापित गरिदियो । पुनर्स्थापित संसद साढे दुई महिनापछि पुनः भंग भएको छ ।

अब आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा भएको छ । मुलुक कोरोना भाइरसको महामारीबाट जोगिनका लागि अधिकांश क्षेत्रमा निषेधाज्ञाको अवस्थामा छ र प्रायः गतिविधिहरु रोकिएका छन् ।

तर राजनीतिक अस्थिरताको क्रम भने तीव्र गतिमा बढ्दै गएर संसद विघटनसम्म पुगेको छ ।

मध्यरातमा संसद विघटन: ओलीद्धारा १२.५० मा सिफारिस, राष्ट्रपतिले गरिन् १.४९ मा विघटनको घोषण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरेकी छन् ।

शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले १२ ५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकेकी छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाखका लागि निर्वाचन मिति घोषणाको राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन् । तर, सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै संसद् ब्युँत्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button