
माधव नेपाल पनि पुगे बुढानिलकण्ठ, देउवा निवासमा यस्तो रणनीति बन्दै
नयाँ सरकार गठनको समय सकिनै लाग्दा नेपाली कांग्रेसले सर्वदलिय बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सर्वदलिय वैठक बोलाइएको हो ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाईएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

शुक्रवार विहानै बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेसंगै फेरी सर्वदलिय बैठक बोलाइएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतलाई खबर गरिएको बताएका छन् ।
एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी हुन बुढानिलकण्ठ पुगीसकेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् ।
यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।
सुर्य थापा भन्छन्, प्रधानमन्त्रीले पद त्यागिसक्नु भो त्यती पनि नबुझ्ने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत नलिएर फरक बाटो अपनाएको भन्दै अहिले आलोचना भइरहेको छ ।
विश्वासको मत नलिएरै सबै भन्दा ठुलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र फेरी विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान भएपनि ओलीले त्यसो गरेनन् ।
प्रधानमन्त्रीवाट राजीनामा नदिईकन एकैचोटि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका कारण उनको आलोचना भएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘मार्गप्रशस्त’ भनेकै पद त्याग गरेको बुझ्न आग्रह गरेका छन्।
सरकार गठनका लागि दिइएको समयसीमा (अपराह्न ५ बजे) नजिँकिँदै गर्दा सल्लाहकार थापाले प्रधानमन्त्रीले पद त्याग गरिसकेको दाबी गरेका हुन्।
‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू,’ शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६ (५)बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त ! ’अगाडि व्यंग्य गर्दै थापाले भनेका छन्, ‘के को सारंगी (र्याइँर्याइँ भयो, जीवन तिरिमिरी झ्याइँ’



