
ओलीसंग बार्ता भएको ३ दिनमै माधव नेपाललाइ यस्तो आपत आइलागेपछी…..
सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो।

ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ।
यही बीचमा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग वैशाख ३० गते साँझ चार घण्टा छलफल गरेका थिए। सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो। सोही संवादको निरन्तरता स्वरूप ३१ गते दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घण्टा छलफल भएको थियो।
छलफलमा ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमानदारितामाथि आशंका गरेको थियो।
नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन्।
ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरेका थिए। उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २०७५ साल जेठ २ गते फर्कन नसक्ने बताइरहेका छन्।
त्यही बेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले ओलीले नै सरकार बनाउने चालबाजीमा लागेको र यसले अल्मल्याउँदै जाने रणनीति लिएको प्रष्ट हुने बताएका थिए। नेपाल पक्षका नेता शनिबार बिहान ११ बजे बैठक बसेको थियो।
यो समाचारनागरिक दैनिकमा छ ।
यो पनि,,,,,,नेपाल सरकारका पूर्व सहसचिव भरत सुवेदीको कोरोनाका कारण मृत्यु
राजस्व प्रशासनमा लामो समय काम गरेका नेपाल सरकारका पूर्व सहसचिव भरतराज सुवेदीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । निजामति सेवाबाट सेवा निवृत्त भएपछि अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका उनी गत महिना मात्रै आमासँग भेटघाट गर्न काठमाडौँ आएका थिए ।
राजस्व प्रशासनमा सुवेदीका काम सधैं चर्चा र विवादमा परिरहन्थे । सेवा निवृत्त हुने समयमा उनी वैदेशिक रोजगार विभागका महानिर्देशक थिए । सुवेदीको केही वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुवेदी निकटस्थहरूका अनुसार उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जनआस्थाका अनुसार सुवेदी अख्तियारले राजश्वका २२ जना कर्मचारीलाई मुद्दा चलाउँदा पक्रन नसकेको एकमात्र सरकारी कर्मचारी थिए । बहालरत कर्मचारी छँदै पारिवारिक कारण उनले अष्ट्रेलियाको स्थायी आवासीय सुविधा (पीआर) लिएका थिए ।
सात वर्षअघि उनलाई तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको समयमा राजश्व अनुसन्धान विभागमा सरुवा गरिएपछि सर्वत्र आलोचना भएको थियो । लामो समयसम्म रमाना नभएपछि उनले आफ्नै सहकर्मी सहसचिव तीर्थराज खनालप्रति सार्वजनिक गुनासो पोखेका थिए ।
लगत्तै खनालले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुवेदीले ज्यान मार्ने ध’म्की दिएकाले आवश्यक सुरक्षा गरिपाउँ भनी निवेदन हाले । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले राजश्वमा लैजान खोज्दा पनि उनको रमाना पत्रमा दस्तखत गर्न सामान्य प्रशासन मन्त्रालयका सहसचिव खनाल अनकनाएका थिए ।
त्यतिबेला सुवेदी श्रम तथा रोजगार मन्त्रालयमा थिए । खनालले सिडियो कार्यालयमा निवेदन हालेपछि तत्कालीन गृहसचिव सूर्य सिलवालले प्रहरी प्रधान कार्यालयलाई खनालको जीवनरक्षाको निम्ति आवश्यक प्रबन्ध गर्न आदेश दिएका थिए ।



