
हेलिकप्टर चढेर उम्मेद्वारी दर्ता गराउन हेटौडा पुगेका बादललाई नेमकिपाले दियो यस्तो सरप्राइज
काठमाडौ । आगामी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फवाट गृहमन्त्री रामबहादुर थापा वादलले उम्मेदवारी दर्ता गराएका छन् ।

उनी उम्मेदवारी दर्ता गराउन शुक्रवार हेलिकप्टर मार्फत हेटौडा गएका हुन् । उपनिर्वाचनका लागि वादलसंग नेकपा एमालेकै अर्का नेता मिललाल देवकोटाको पनि उम्मेदावरी परेको छ ।

हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् ।
बादलका प्रतिस्पर्धी रहेका डा।खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खिमलाल देवकोटालाई नेकपा एमालेकै माधव नेपाल समुह लगायत नेपाली कांग्रेस र जसपाको पनि समर्थन रहेको थाहा पाएपछि वादल उम्मेद्वारी दर्ता गराउन पछि हटेका थिए ।
तर उनी अन्तिम अवस्थामा उम्मेदवारी दिन तयार भएर हेटौडा पुगेका हुन् । हेलिकप्टरमा हेटौडा पुगेका वादललाई नेपाल मजदुर किसान पार्टीले पनि सरप्राइज दिएको छ । नेमकिपाले आफ्नो तर्फवाट उम्मेदवारी दिएको छ ।
शुक्रबार बागमती प्रदेशको निर्वाचन आयोग कार्यालयमा नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्तावमा सांसद सिर्जना सैज्युले तामाङको उम्मेदवारीको समर्थन गरेकी छिन् ।
यो पनि,,,,कोरोना पुष्टि भएका संसद सचिवालयका उपसचिव खनालको अस्पताल लैजाँदै गर्दा मृत्यु
कोरोना पुष्टि भएर अस्पताल भर्ना गर्न लैजादै गर्दा प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। उनलाई बुधवार गरिएको कोरोना परिक्षणमा पुष्टि भएको थियो । संसद बैठक बस्नु अघि सांसद र सचिवालयका सबै कर्मचारीको कोरोना परिक्षण गरिएको थियो ।
केही कर्मचारीमा कोरोना पुष्टि भएका मध्य खनाल पनि एक थिए ।
शुक्रबार बिहान कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ। बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि खनाल चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका थिए । शुक्रवार अचानक उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल लगिएको थियो ।
शुक्रवार विहान अस्पताल लैजाने क्रममा वाटोमै निधन भएको बताइएको छ । वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा पछि बैशाख २७ का लागि संसद बैठक बोलाइएको थियो ।



