प्रधानमन्त्रीलाई नाङ्गै खुुट्टा बालकोट पुर्याउने सम्म योजना थियो : प्रदीप ज्ञवाली

२४ पुुष,काठमाडौं। प्रधानमन्त्री के.पी शर्मा ओलीले सँसद विघटन गरेको विषय चर्किरहेको बेला नेकपा ओली समुहकै अर्का नेता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा प्रचण्ड–माधव समुहले प्रधानमन्त्री ओलीलाई नाङ्गै खुट्टा बालकोट पुुप्याउने सम्म योजना थियो भन्दै एक कार्यक्रममा खुलाएका छन् ।

-करिब तीन वर्ष प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्दा, धेरै नेतासँग छलफल र बहस गर्दा मैले देखेको के हो भने हाम्रो पार्टीका केही नेता कमरेडको कारण पार्टी सामाजिक आर्थिक परिवर्तनको संवाहक बन्न सकेन।

-सचिवालयका नेताहरू सरकारलाई सहयोग गर्ने, देश र जनताका जल्दाबल्दा समस्यामा या त बिल्कुल निरपेक्ष रहे या त उनीहरूले जे बहसको विषय बन्नै पर्थेन। त्यसलाई बहसको विषय बनाए। बने। पदीय मर्यादा, सोफाको आकार र रंङका कुरामा अलमलिए।

-पार्टीभित्रको बाछिटा संसदमा पुग्यो। केही नेता कमरेडले संसदलाई सरकार परिवर्तन र अस्थिरताको थलो बनाए। यो अवस्थामा प्रधानमन्त्रीसँग साह्रै कम विकल्प थिए।

-वर्तमान सरकार बनेपछि कति राम्रा काम भए कति कमजोरी भए होलान्। तर नेतृत्वका नेताहरूले यो सरकारको समर्थनमा एक शब्द खर्चिनुभएन। प्रतीपक्ष त खोज्नै नपर्ने अवस्था भएको थियो। उहाँहरूले प्रतीपक्षभन्दा अघि बढेर नेतृत्वको निरन्तर मानमर्दन र सरकारको निन्दा गर्नुभयो।

-संसद विघटन गर्नु लोकतान्त्रिक र संवैधानिक हो की होइन भन्नका लागि लोकतन्त्रकै नयाँ परिभाषा खोज्न पर्ने भयो। जनताले विश्वास दिएको प्रधानमन्त्रीले निर्वाध काम गर्न पाउनुभएन। अब म जनतामा जान्छु भन्नु कसरी असंवैधानिक हुन्छ।

-प्रधानमन्त्रीको रूपमा उहाँको दुई ठाउँमा उत्तरदायी हो। संसद र जनतामा हो। संसद पनि जनताबाटै निर्वाचित हो। प्रधानमन्त्रीले अझै फराकिलो दायरामा जान चाहनुभयो। पदका अतृप्त नेताहरूसँग अलमलिन खोज्नुभएन।

– सचिवालय स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर बुझाउने साथीहरूले संसदीय दलको बैठक किन बोलाउन चाहेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
0
+1
1
+1
2

सम्बन्धित समाचार

Back to top button