बैशाखमा चुनाब हुन नदिने रामनारायण बिडारिको घोषणा :
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुको मुख्य कारण लहड र मुर्ख्याइँ रहेको भन्दै आरोप लगाएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले संसदमा अविश्वासको प्रस्ताव ल्याउने अधिकार भएको बताएका छन् । ‘विवाद पार्टीमा भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रहार जनतालाई गर्ने ? प्रहार संसदलाई गर्ने ?’
उनले प्रधानमन्त्री ओलीले जनता देशको कुरा गर्नु पनि उचित नभएको बताएका छन् ।
बिडारीका अनुसार, ‘यो देश भनेको संवैधानिक सर्वोच्चता भएको देश हो ।’ बिडारीले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताएका छन् । ‘वैशाखमा एक हुन्न, दुई हुन्न, तीन हुन्न,’ उनले भने, ‘चुनाव कदापि हुँदैन ।’
उनले बेलायत, क्यानडा, पोर्चुगल, फ्रान्स लगायतका देशको उदाहरण दिँदै संसद विघटन संविधान विरोधी भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
2
+1
+1
+1