राजसंस्थाको समर्थन गर्दै राजा सबैको साझा हो: रमेश खरेल

काठमाडौँ। पूर्व प्रहरी निरीक्षक एवं सामाजिक व्यक्तित्व रमेश खरेलले राजसंस्थाको सबैको साझा संस्था रहेको आशय प्रकट गर्दै बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई सम्मान कन्जुसाई गर्न नहुने बताएका छन्। २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै खरेलले यस्तो टिप्पणी गरेका हुन्।

उनले राष्ट्रनायकको योगदानलाई सारा नेपालीले कदर गर्नुपर्छ भन्दै भने, ‘बडामहाराजले राष्ट्रका लागि पुर्याउनु भएको योगदानलाई कदर गर्न सकेनौ भने चन्द्र सुर्य अंकित झन्डामा पनि प्रश्नचिन्ह उत्पन्न हुनेछ।’

खरेलले मुलुक भित्रैका तत्वहरुले देश जर्जर पारेको पनि बताएका छन्। उनले भने, ‘बडा महाराजधिराज पृथ्वी नारायण शाहले एकीकरण गर्दा भन्नु भएको थियो विदेशी ब्वासोहरुले देशलाई जर्जर बनाउछन् भन्नु भएको थियो तर अहिले नेपाल भित्रकै ब्वासोहरुले देश सिद्धाई सकेका छन्।’

खरेलले सम्पूर्ण नेपालीलाई पौष २७ गते पृथ्वी नारायण शाहको जन्म जयन्ती मनाउन आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
2
+1
3
+1
33
+1
5
+1
2
+1
1

सम्बन्धित समाचार

Back to top button