छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताएका छन् ।

मंगलबार गृह जिल्ला गोरखा आएका उनले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको बताए ।

लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ, त्यसैले प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो, त्यसका लागि हाम्रो पार्टी जे गर्न पनि तयार छ,’ उनले भने ।

प्रधानमन्त्रीले राजीनामा दिने संकेत नभएका कारण हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको भट्टराईको भनाइ छ । ‘ओलीले राजीनामा गर्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्न, नैतिकता नभएको मान्छेसँग त्यो आशा गर्नु मुर्खता हो, उहाँलाई हटाउने भनेको अविश्वासको प्रस्ताव ल्याउनु नै हो,’ उनले भने ।

अविश्वासको प्रस्ताव ल्याउदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको उमेदवार पनि दिनुपर्ने भएकाले केही अन्योलता भएको भट्टराईले बताए ।

कांग्रेस, नेकपा माओवादी, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनले जानकारी दिए ।

वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार जो पनि हुन सक्ने धारणा उनले व्यक्त गरे ।

यो पनि, प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।

 नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताए ।

अविश्वास प्रस्तावका समर्थक राईले अविश्वास प्रस्ताव फिर्ता गर्नुपरे पनि सरकारप्रति आफूहरूको विश्वास नभएको बताए । गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button