भष्मासुर ओलीको विदाइ नै मुख्य प्राथमिकता हो: भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय सह्रानीय भएको बताएका छन्। उनले शनिबार बिहान ट्वीट गर्दै यस्तो बताएका हुन्। 

उनले लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’ 

उनले थपेका छन्, ‘आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता र प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!’भट्टराईले लेखेका छन्।’ 

यो पनि, बालुवाटारबाट प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक शिलान्यास गर्दै

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् ।

संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button