म एकताको पक्षमा निरन्तर प्रयासरत छु : झलनाथ खनाल
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।
भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरे ।
उनले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढिरहने धारणा राखे ।
वरिष्ठ नेता नेपालले भने, ‘पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1