ओलीलाई भीम रावलको प्रश्न : तपाईंलाई लाज लाग्दैन ?

एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधान विपरीत आफूहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका छन् ।

मंगलबार माधव नेपाल पक्षको अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै नेता रावलले आफै पार्टीको विधि र विधानविपरीत निर्णय गर्दै जाने ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका हुन् ।

नेता रावलले एमाले केन्द्रीय समितिमा आफ्ना मान्छेहरूलाई मनोनयन गरेर अध्यक्ष ओलीले पार्टी फुटाउने र विभाजन गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाए ।

‘हाम्रो पार्टीको विधानको धारा १३ मा राष्ट्रिय महाधिवेशनको कुरा छ । महाधिवेशनअघि विधान अधिवेशन गर्न सकिन्छ तर त्यसभन्दा अघि केन्द्रीय समितिबाट छलफल गरेर मात्रै विधान संशोधन गर्न सकिन्छ ।

तर ओलीले बालुवाटारमा गुटको भेला गरेर पार्टी विधान संशोधनका नाममा मनलाग्दी गरेका छन्’, रावलको भनाइ छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button