
नेपाल-खनाल समुहले तत्काल चाले यस्तो कदम…
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनालको पक्षमा रहेका नेताहरुलाई अब कारवाही गर्ने सम्भावना प्रष्ट हुँदै गएको छ ।

ओलीले ति नेताहरुलाई स्पष्टीकरण माग्दै पत्र समेत पठाएको बुझिएको छ । यद्धपी नेपाल र खनालको हातमा स्पष्टिकरणको पत्र भने पुगिसकेको छैन ।

स्पष्टिकरण मागेको अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने देखिएपछि नेकपा एमालेको माधव नेपाल पक्षका नेता रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन्।
उनीहरु सोमवार विहानै देखि छलफलमा जुटेका हुन् । त्यसबारे छलफल गर्न आज नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक समेत बस्ने भएको हो।
एक नेताका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। बानेश्वरमा बस्ने बैठकले यसबारे औपचारिक धारणा बनाउने नेपाल पक्षले जनाएको छ।
नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका कदम र गरेका निर्णयविरुद्ध आफूले गरिरहेका गतिविधिमा कुनै परिवर्तन नगर्ने बताएको छ।
यस अघि ओलीले गैरसंवैधानिक काम गरेको भन्दै तत्कालिन नेकपाको तर्फवाट स्पष्टिकरण समेत सोधिसकेका थिए । बालुवाटारमै पुगेर नेपाल पक्षले ओलीलाई स्पष्टिकरण पत्र बुझाएको थियो ।
‘तर सर्वोच्च अदालतले नेकपा एकता भंग गरेर साविककै अवस्थामा फर्काइदिएपछि ओली र नेपाल पक्ष फेरी अनौपचारीक रुपमा विभाजित छ । नेपाल पक्षलाई ओलीले पेलेरै जाने रणनीति लिएको देखिन्छ ।
हामीले सहमतिकै साथ अघि बढ्न खोजेको हो तर त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नै तयार नभएको देखियो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘स्पष्टीकरण कसरी आउँछ र के के आरोप लगाउँछन हेर्न बाँकी छ तर अदालतको फैसलाअनुसार पार्टीका कमिटीहरुलाई सक्रिय बनाउने काम निरन्तर जारी रहन्छ।’