हामीलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष ओलीको निर्णय दुर्भाग्यपूर्ण :घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनको भविष्य सिध्याउने सुनियोजित यात्रामा अगाडि बढेको भन्दै उनले अरु धेरै गर्ने बताए ।
शनिबार बसेको बालुवाटार बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यसबारे प्रतिक्रिया दिँदै भुसालले भने, ‘स्पष्टीकरणले रोकिनु हुन्न उहाँ । अरु धेरै गर्नुहुनेवाला छ । सक्नुभएको भए अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अब पनि सम्भव भए त्यो गर्नुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1