राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै, के छ कार्यसूची?

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम छ। दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही सरकारी अधिकारी पनि सम्मिलित हुनेछन्।
बंगलादेशका संस्थापक पूर्वराष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सयौं जन्मजयन्तीका अवसरमा हुने कार्यक्रममा सरिक हुनेछिन्। सो कार्यक्रममा भण्डारीले नेपाल-बंगलादेश सम्बन्धका बारेमा सम्बोधन गर्नेछिन्। 

यसैगरी १० चैत गते राष्ट्रपति भण्डारीले बंगलादेशमा रहेका नेपालीहरुलाई भेट्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यतालिका रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button