एक समुहले धेरै पहिले मलाई मार्न खोजेको थियो,जनताले बचाए : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्बृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पट्ठारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्बृद्धिलाई नाप्न सकिने बताएका हुन् ।

मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए ।

उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताए । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए ।

उनले भने “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो ।

जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।

एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका ।

तपाईहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो ।

जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपूर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”

अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफूलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो” बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभइ तीनै लक्षित वर्ग र समुहदायको हितको लागि भएको स्पष्ट पारे । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button