
हाम्रो जिन्दगीको यो निर्णायक ल’डाईँ हुनेछ : रामकुमारी झाँक्री
नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले विधानविपरित भएको निष्कर्ष निकालेको छ।

यसै विषयमा एमाले कि नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल मार्फत आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

प्रचण्ड समूहमा रहेर विरोध गर्नेहरुलाई केपी शर्मा ओलीले पार्टीको जिम्मेवारी खोसिदिए पछि माधव नेपाल समूह आ क्रोशित भएका हुन् । यहि आ क्रोश व्यक्त गर्दै नेतृ झाँक्रीले भनिन्, “साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक ल डाइँ हुनेछ।”
रामकुमारी झाँक्रीले सामाजिक संजालमा लेखेकी छिन्, “जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक ल’डाईँ हुनेछ।”
त्यस्तै एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाए ।
सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।”