ओलीले ठग्नेबाहेक के काम गरे ?: राजेन्द्र महतो
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् ।
उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए ।
बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला ।’ आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि सहानुभूति हुने उनले बताए ।
नेकपा एमालेसँगको सत्ता साझेदारीबारे पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?’
उनले अगाडि भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1