काठमाडौं आइपुगे विप्लव
दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।
कार्यालय रानीपोखरीका अनुसार उनी शुक्रबार बिहान १२ बजेतिर कलंकी आइपुगेका छन्।
कलंकीबाट सभागृह नपुगुञ्जेल उनी बीचमा कतै बस्ने भनेका छन्। तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ।
‘विप्लव काठमाडौं आइपुगिसक्नुभएको छ, उहाँ सभागृह जानुअघि बीचमा केहीबेर आराम गर्ने कार्यक्रम छ,’ प्रहरीका एक उच्च अधिकारीले भने।
विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको ती अधिकारीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1