समृद्ध नेपाल, सुखी नेपालीको नारा उल्टो भएर दरिद्र नेपाल, दुःखी नेपाली भयो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र झन् बलियो बनेको नेता यादवको भनाइ थियो ।

जसपा इलामले बिहीबार इलाम सदरमुकाममा गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गरेको र अदालतको फैसलाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको उल्लेख गर्नुभयो ।

दिनरात लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने खेलमा लागेर प्रधानमन्त्री ओली अधिनायकवादतर्फ उन्मुख बन्न संसद् विघटन गरे पनि अदालतले ओलीको त्यो सपनालाई चकनाचुर पारिदिएको यादवको भनाइ थियो ।

उहाँले अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्नेबित्तिकै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि उहाँ अझै सांसद खरिद बिक्री गरेर शासन गर्ने खेलमा लागेकाले उहाँका यो सपना अब पूरा नहुने दाबी पनि गर्नुभयो ।

बहुमतको सरकारको नेतृत्व गरेका ओलिले प्रधानमन्त्रीको कुर्सीमा बसेपछि समृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याए पनि अहिले त्यो नारा उल्टो भएर दरिद्र नेपाल, दुःखी नेपाली भएको टिप्पणी गर्नुभयो ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button