मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उ त्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने- मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु ख्वाइख्वाइ गरेछन्। तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन।’ ‘मेरा केही भाइहरुले लड्डु खाए, ‘मुहँ मिठा’ गरे’ ओलीले भने, ‘अब के पाउँछन् हेर्नुछ।’

उनले ‘भोलिपर्सि फेरि राजीनामा माग्न उहाँहरु आउने’ बताए। उनले केही दिनपछि आफ्नो राजीनामा मागिने भन्दै सरकार निरन्तर रहने दाबी गरे। उनले भने, ‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’

ओलीले पदमा रहँदासम्म आफूले देश र जनताको पक्षमा राम्रो काम गरिरहने बताएका छन् । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले सर्वोच्चको मंगलबार आएको फैसलापछि पनि प्रधानमन्त्रीका रुपमा आफ्नो कामको रफ्तार उही रहेको बताए ।

उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक समेत नरहेको बताए । पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ ।

‘मान्छे कतिबेला म र्न सक्छ, ब्रेन ह्यामरेज भएर म र्न सक्छ, गाडी ठो क्किएर म र्न सक्छ । जिन्दगी कुनै ठेगान छैन । अहिलेसम्म बाँचिन्छ त्यतिबेलासम्म राम्रो काम गर्ने हो’, ओलीले भने, ‘म रेपछि न मान्छे बेइमान हुन सक्छ न इमान्दार । मरेपछि केही अर्थ छैन । बाँचुन्जेल इमान्दार हुने हो ।’

‘मान्छे सधैँ पदमा रहिरहन्न। पदमा रहिन्जेल, बाँचुन्जेल राम्रो काम गर्ने हो’ उनले भने, ‘निराश कहिल्यै हुनुहुँदैन। सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ। अस्ताउँदा पनि रातै भएर अस्ताउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button