नेपाली जन्ताको त्याग र बलिदानबाट आएको पद्धतिको रक्षा भएको छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधिको शासनको जित भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको थियो।
सर्वोच्चको फैसलासँगै प्रतिनिधि सभा पुनर्स्थापना भएको छ।
सर्वोच्चको ऐतिहासिक निर्णय भएको बताए। उनले संविधानको मर्म र भावनाअनुसार सर्वोच्चले निर्णय गरेको पनि बताएका छन्।
‘सर्वोच्चको ऐेतिहासिक निर्णय, संविधानको मर्म र भावनाअनुसार निर्णय भएको छ,’ उनले भने, ‘फेरि एकपटक विधिको शासनको जित भएको छ। नेपाली जन्ताको त्याग र बलिदानबाट आएको पद्धतिको रक्षा भएको छ। सबैलाई बधाइ छ,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1