सर्वोच्चले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्दा रोगै हराए झै भयो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनःस्थापना गरेर सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको प्रतितक्रिया दिएका छन्। उपचारका लागि भारतको दिल्लीमा रहेका डा. भट्टराईले ‘सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष समेत रहेका  भट्टराईले ट्विटरमा लेखेका छन्, ‘कस्तो सुखद् संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो।

हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराए झै भयो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उक्त निर्णय  सर्वाेच्चले मंगलबार बदर गरिदिएकाे छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button