नयाँ प्रकारको युद्ध हामीले जित्नुपर्छ, जनता लडिरहेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने बताएका छन्।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले प्रतिनिधि सभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाएका छन्।

धेरै दु:ख र मेहनतले पार्टी एकता गरिएको हो। एकताको झन्डा हामीले उठाएका छौं।

केपीजीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानुभएको छ। पार्टीलाई फुटतिर लैजानुभएको छ,’ उनले भने, ‘नयाँ प्रकारको युद्ध हामीले जित्नुपर्छ। जनता लडिरहेको छ।

शब्दमा यो शान्तिपूर्ण युद्ध हो। युद्धचाहिँ युद्ध नै हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button