वैशाखमा निर्वाचन हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् ।

काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । 

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले  ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा  विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । 

वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button