देउवालाई मैले बाहेक अरु कसैले हराउन सक्दैन: शशांक कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूलेमात्र पराजित गर्न सक्ने दावी गरेका छन् ।

लमहीको हसनापुरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताए ।

उनले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताए । महाधिवेशनमा देउवालाई आफूबाहेक कसैले हराउन नसक्ने उनको दावी थियो ।

‘काँग्रेसको आउने अधिवेशनमा म पनि सभापतिमा लड्ने हो, तर मलाई इच्छाभन्दा पनि बाध्यता छ,’ महामन्त्री कोइरालाले थपे, ‘सभापतिमा देउवाजीलाई मैले बाहेक अरु कसैले हराउन सक्दैन, आउने अधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गरेर चुनाबमा गए पार्टीले जित्छ, नेतृत्व परिवर्तनका लागि तलदेखि पार्टीका नेता, कार्यकर्ताले दबाब दिनुहोस्, माथि मैले पहल गर्छु ।’

सभापति देउवाले पार्टी चलाउन नसकेको उनको आरोप थियो ।

‘शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button