‘नेकपाको झगडाको तमासा हेर्ने फुर्सद छैन’ : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताएका छन् ।

उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै  मतलब नभएको सभापति देउवाले बताए बताएका । 

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताए ।

अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताए ।

‘हामीलाई राजाले निकै दु:ख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन्,’ उनले भने, ‘अहिले यिनै कम्युनिस्ट राजा बने ।’ नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि सभापति देउवाले बताए ।

देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने पनि दोहोर्‍याएका छन् । ‘जुलुस हेरेर निर्णय गर्ने होइन,’ उनले भने, ‘अदालतको निर्णय हामीलाई मान्य छ ।

अदालतभन्दा ठूलो अदालत जनता हुन् ।’ विचाराधीन मुद्दामा ‘यो गर, त्यो गर’ भन्न नमिल्ने पनि उनले बताए ।

‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ,’ उनले भने, ‘यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन् ।’

निर्वाचन आयोगले पनि ढिलाई गर्नु रहस्यमय भएको भन्दै देउवाले आयोगको भूमिकामा पनि शंका व्यक्त गरे ।

‘संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो,’ ‘तर आयोगलाई चासो नै छन,’ उनले भने, ‘किन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ ।

अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।’

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर हाम्रो आयोगले अहिलेसम्म किन केही बोल्दैन ।’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए ।

‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button