तानाशाहको ढल्ने बेलामा प्वाँख आयो : रामकुमारी झाँक्री

नेकपा नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले आजको यो स्थितिलाई तानाशाहको ढल्ने बेलामा प्वाँख आएको बताएकी छन्।

बिहिबार झाक्रीलाई पक्राउ गर्न उनको निवासमा प्रहरी पुगेपछि झाँक्रीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै तानाशाहको ढल्ने बेलामा प्वाँख आएको रूपमा आफूले लिएको बताइन्।

‘राष्ट्रपतिको निर्वाचन क्षेत्रसँग जोडिएको विषय अस्मितासँग कसरी जोडिन्छ?,’ झाँक्रीले भनिन्, ‘राजनीतिक मुद्दा भएको हुँदा पक्राउ पुर्जीसहित आउनुपर्छ। अन्यथा आउनुस् भनेर जाने कुरा भएन। तपाईँसँग सोधपुछ गर्नुछ आउनुस् भनेर प्रहरी कार्यालयबाट फोन आएको थियो, मैले यो राजनीतिक मुद्दा भएकाले पुर्जीसहित आउनुपर्छ भनेकी छु ।’

तानाशाहको ढल्ने बेलामा प्वाँख आउँने भन्दै उनले हामी प्रतिगमनका विरुद्धमा सडकबाटै लडेका स्मरणसमेत गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button