काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो : ओली

२४ माघ, काठमाडौं । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो ।

तर यो भेललाई रोक्न सकेन ।’

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button