अर्थमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के–के भयो कुराकानी ?

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।

अर्थमन्त्रीको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजानीतिक क्रमको बारेमा कुराकानी हुनुको साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा छलफल भएको बताइएको छ ।

भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

साथै भारतबाट खरिद गरिने कोरोना भ्याक्सिनको बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । भारत सरकारले केही दिनअघि १० लाख डोज कोरोना भ्याक्सिन सहयोग गरेको थियो ।

थप भ्याक्सिन खरिद गर्न नेपालले तयारी थालेको छ । त्यसका विषयमा पनि छलफल भएको बताइएको छ । साथै बैशाखमा हुने चुनावको बारेमा पनि उनी उनीहरुका बीचमा कुराकानी भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button