
सुदूरपश्चिम प्रदेश : नेकपा (एस) बाट आजै दुई जना मन्त्री बन्ने
सुदूरपश्चिम प्रदेशमा थप मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज (शुक्रबार) साँझ नै नेकपा एकीकृत समाजवादीका दुई जनालाई मन्त्री नियुक्त गर्न लागेका छन् ।

माधव नेपाल नेतृत्व नेकपा (एस) बाट प्रदेश सांसदय तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री बनाउन लागेको बताइएको छ ।

दुवै मन्त्रीहरुलाई केहीबेरमा पद तथा गोपनीयताको सपथ दिने तयारी भएको बताइएको छ । एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1