देउवाले प्रचण्डलाई बेहाल बनाए – ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्दा प्रचण्डको बेहाल भएको बताएका छन् ।

बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।

प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’
उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदेको भन्दै प्रश्न गरे ।  माधव नेपालसँग दुईचार जना गएपनि नयाँ मानिस धैरै पार्टीमा आइसकेको ओलीले दावी गरे ।

उनले एमाले थोरै चोइटिए पनि सम्मृद्ध नेपाल सुखी नेपालीको सपना जिउँदै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button