
सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन बारम्बार असक्षम, नेपालमा दलीय व्यवस्था सदाका लागि असफल
दुई तिहाई बहुमतको सरकारले मुलुकलाई निकास दिन नसकेकोले र सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन निरन्तर असक्षम भएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था असफल प्रमाणित भइ सकेको छ । यसकारण मुलुकमा अब दलीय व्यवस्था सदाका लागि ढल्ने समय नजिकिँदै छ ।

नेपाली जनताहरु सत्ताका पुजारी, दहीचिउरे, ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छन । तुलना गर्दा को ठिक र को बेठीक मुल्यांकन गर्न नसक्ने नेपाली जनताहरु छन ।

मासु भात, रक्सी र भत्तामा बिकाउ छन । मुलुकको धर्म, संस्कार, संस्कृति अस्मिता बेचेका छन । अब बेच्न पाए भने आफ्नो आमा, छोरी, चेलीबेटी, श्रीमती र दिदिबहिनीहरु लाई समेतलाई बेच्न पछि पर्दैनन । के वास्तविक रूपमा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले पाउनुपर्ने निकास पाएको छ ? मुलुकलाई आजको अवस्था सम्म ल्याउन जिम्मेवार र दोषीहरु नै नेपाली नागरिकहरु हुन । नेपाली नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी र अवसरवादी छन ।
विक्रम सम्वत २०६२/०६३ साल बाट आजसम्म समीक्षा गर्दा मुलुकमा नेताहरू नै निरंकुश हो भन्ने कुरा प्रमाणित भएको अवस्था छ । नेताहरूको तुलनामा राजा ज्ञानेन्द्र शाह त्यागी हुन राजगद्दी त्याग गरे ।
नेपाली सेनाहरु जति प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रवादी र भित्र भित्रै गोप्य रूपमा सेनाहरु राजनीतिक दलहरु प्रति आस्था भएपनि सेनाहरु नेताहरूको लागी मरिहत्ते र मरिमेटे पनि राजनीतिक दलहरुका नेताहरूको सोच शाही सेनाहरु अर्थात राजाको नै सेनाहरु हो भन्ने रहेको पाइएको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादी हुनु नराम्रो होइन तर हाम्रो मुलुकका नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरियो । दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो हाम्रो मुलुकमा दलीय व्यवस्थालाई खाने पेशा बनाई बार्गेनिङ गर्ने व्यापार गर्ने थलो बनाइएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ ।
मुलुकमा राजनीतिक दलहरूका नेताहरूको सत्ता लिप्साको स्वार्थ, मोह र आर्थिक लेनदेन लगायत भागबन्डा आदि इत्यादि कुराकानी नमिल्दा मुलुकमा अराजकता र अस्थिरता आएको हो ०६२/०६३ सालपछि दलीय नेताहरूको असमझदारीका कारण मुलुकले आजसम्म पनि निकास पाउन नसकेकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ । राजा ज्ञानेन्द्र शाह त्यागी हुन ।
आजसम्म राजगद्दी त्याग गरी बसे । राजनीतिक दलहरूका नेताहरूलाई राजा ज्ञानेन्द्र शाहले मुलुकलाई निकास देउ भनेर राजगद्दी त्याग गरेका हुन । राजा ज्ञानेन्द्र शाहले नेताहरुमा इमानदारिता, नैतिकता र सुधार आउला भनेर नेताहरुलाई नासो जिम्मा लगाए । विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूमा आज सुधार आउला भोलि सुधार आउला भन्नु छैन ।
पटकपटक संसद विघटन, संसद अवरोध लगायत संधैभरी मनपरि र नाटक मंचन गरिरहेका छन । दलीय व्यवस्थाका सरकार पक्ष र प्रतिपक्षहरु मुलुकलाई निकास दिन बारम्बार र निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुक नेपालमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि, लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग गर्न नपाउनेहरुले मात्र राजसंस्था, राजा ज्ञानेन्द्र शाह र सेनाहरुको विरोध गर्छन । पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरू मुलुकको हित, जनहित, सर्वहारा वर्गको नेतृत्व, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि भुमिगत भएका होइनन ।
मुलुकमा आतंक सिर्जना गरी लुटन, आय आर्जन र राज्यकोष ढुकुटी दोहन गर्न नपाएर सत्तामा जानका लागि मात्र भुमिगत भएका हुन । मनपरि गरि सत्तामा गएर लुटनका लागि राष्ट्रिय संरचनाहरु समेत ध्वस्त पारे । नेपाली सेनाहरु माथि आक्रमण गरे । लडाकुहरुको पैसा समेत खाइदिए । क्रान्तिको नाममा उदेश्य सत्ताको स्वार्थ, सत्ता प्राप्ति, राज्यकोष ढुकुटी दुरुपयोग, देश बिदेश भ्रमण र बिलासीता जीवन बिताउने मात्र भयो ।
नेता मरिचमान सिंहलाई मेरो तर्फबाट श्रद्धाञ्जली अर्पण छ । मुलुकमा मरिचमान सिंह जस्तो नेताहरूको उदय हुनुपर्छ । काँग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरूका नेताहरू कसैमा पनि इमानदारिता देखिएनन । हाम्रो मुलुकका राजनीतिक दलहरूका नेताहरू विश्वासघाती र राष्ट्रघाती छन ।
नेपाली नागरिकहरु वास्तविकमा चेतनशील हुन भने अन्तर आत्मालाई साक्षी राखी वास्तविक रूपमा साँच्चिकै भन्नुपर्दा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले निकास पायो सोच विचार र मनन गरौं ?
-राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेेेटौंडा वडा नम्बर-०२
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।