प्रचण्ड पापी केही गर्न नसक्ने देउवाको पुच्छर’ – टोपबहादुर रायमाझी

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले कुनै बेलाका आफ्नै ‘सुप्रिम कमाण्डर’ एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पापीको संज्ञा दिँदै अनुशासनहीन नेता भएको बताएका छन् ।

बुधबार रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले अध्यक्ष प्रचण्डलाई पापी मन भएको बताउदै प्रतिपक्षको पुच्छर समाएर हिँड्ने अनुशासनहीन नेता भएको बताए ।

‘देशको राजनीतिक स्थिरताका लागि केपी शर्मा ओली नै ५ वर्षका प्रधानमन्त्री हुनुपर्छ भनेर प्रस्ताव राख्ने अनि पछि केपी शर्मा ओली त कामै नलाग्ने, काम गर्न नसक्ने भनेर अनावश्यक आरोप प्रत्यारोप लगाउने गरियो । यो के सही हो ? के स्वास्र्थले ५ वर्षका लागि प्रधानमन्त्री भनियो ? के कारण स्थिरता भनियो ?,’ उनले भने, ‘पापी मनले उहाँलाई त्यस्तो गरिएको थियो । त्यसपछि उहाँलाई फेरि अपदस्थ गर्न खोजियो । पार्टीभित्र अनावश्यक किचलो हालियो । त्यसपछि आफ्नो पार्टीका सांसद, नेता र प्रतिपक्षको नेतालाई समातेर अघि बढेपछि, पुच्छर बनेर हिँड्न थालेपछि त्यो सांसद र ती नेताहरुको औचित्य छ ? पार्टीको अनुशासनमा नबस्ने त्यस्तो नेतालाई कारवाही गर्न उचित थियो ।’

नेता रायमाझीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानु उत्तम भएको पनि बताएका छन् । तर, प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नसकेपछि संसद विघटन असफल भएको उनले बताए ।

उनले भने, ‘नयाँ ताजा जनादेशमा जानु उत्तम थियो, लोकतन्त्र थियो, जनताले फेरि जनादेश दिने अवस्था आउँथ्यो तर, पुच्छर बनेर हिँडेपछि काम गर्न दिइएन । संसद विघटन गर्दा अलोकतान्त्रिक भनियो । त्यसैले संसद विघटन गरेर चुनावमा जानु लोकतान्त्रिक र संसदको नयाँ अभ्यास हुने थियो । तर, आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि नबन्ने र संसद विघटन गर्न नदिने ।’

विदेशी शक्तिको आँडमा जनादेशको ठाउँमा परमादेश आएको पनि उनले बताएका छन् । उनका अनुसार त्यसैअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टिको लगाएर प्रधानमन्त्री बनाइयो ।

सूर्य चिन्हमा लडेर जित्ने अघि रुखको पुच्छर भएर हिँड्ने भन्दै प्रचण्डलाई उनले प्रश्न गरेका छन् । यस्तो कार्यलाई गद्धारी र ठूलो भूल भएकाले प्रचण्डलाई सम्झिन सम्झाए ।

साथै, कांग्रेसको नेतृत्वमा समृद्धि र समाजवाद नआउने पनि उनको दावी छ । साथै, आगामी चुनावमा कांग्रेससँग गठबन्धन गरेर हिँड्न र समृद्ध ल्याउन नसक्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button