सबैभन्दा धेरै मन्त्री बनाउने पार्टी माओवादी नै भयो,राम्रोसँग देशको नेतृत्व लिन पाइएन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।

उनले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भनेका हुन्।

संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए। माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरूलाई पहिलो पार्टी बनेर जवाफ दिएको उनको भनाइ थियो।

उनले देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझेको दाबी गरे। यो कुरा दह्रोसँग जनतालाई बुझाउने हो भने देशको नेतृत्व फेरि माओवादीले गर्ने उनले बताए।

‘सबैभन्दा धेरै मन्त्री बनाउने पार्टी माओवादी नै भयो,’ उनले भने, ‘तर राम्रोसँग देशको नेतृत्व लिन पाइएन।’ उनले गठबन्धनलाई पनि बचाउनुपर्ने बताए।

गठबन्धनबाट दुई तिहाइको सरकार बनाउन सकिने उनले बताएका थिए। ‘जनताले कुरा बुझेका छन्। तर हामीले पनि आफूलाई बदल्नुछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button