आरजु बनिन् गन्यापधुराबाट क्षेत्रीय प्रतिनिधि, देउवा पुत्र जयवीरसिंहको के भयो?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् ।

पूर्वसांसद समेत रहेकी राणा गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् । देउवा पुत्र जयवीरसिंह देउवा भने क्षेत्रीय प्रतिनिधि बनेका छैनन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएनन् ।

वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी निर्विरोध सभापति चुनिएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button