ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन बाध्य भएको छु : ‘प्रचण्ड’

१५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘निरंकुश’ बन्दा देशमा संकट आइपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेकपा ‘दाहाल-नेपाल’ समूहले बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली निरंकुशताको छिट्टै अन्त्य गर्ने बताए ।

उनले ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताए ।

‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे ।

‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं,’ उनले भने, ‘विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा विरोध सभा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button