ओली लाज पचाएर क्रुर शासन गर्दैछन् : रामचन्द्र पौडेल

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार निर्लज्ज रूपमा प्रस्तुत भइरहेको बताएका छन्।

उनले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै प्रतिगामी शासक र तानाशाह यसैगरी बर्बराउने बताएका छन्।

‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ,’ मंगलबार पौडेलले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री ओली आफ्ना विरोधीलाई अपमानित गर्न तम्सिएको उनको भनाइ छ।

‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ,’ उनले भनेका छन्।

‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले भनेका छन्, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’

उनले लोकतन्त्र र संविधान रक्षाका लागि आफू पनि आन्दोलनको मोर्चामा रहने बताएका छन्। उनले थपेका छन्, ‘लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button