ओलीबारे मातृकाको अभिव्यक्तिको एमालेद्वारा आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको छ । 

शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । 

हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो’, उनले बैठकको सुरुमै भने, ‘त्यो भनाइप्रति हाम्रो गम्भीर आपत्ति छ ।

 त्यतिबेलै ध्यानाकर्षण गराउँदा सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो भन्ने मात्रै भयो । संसद जथाभावी शब्द प्रयोग गर्ने ठाउँ होइन ।

यो ठाउँमा जसरी शब्दहरू प्रयोग गरियो ? एक माननीयले अर्कोलाई गाली गलोज संसदको गरिमा हो ?’
सरकार बनाउने र कसैलाई हटाउने शक्ति जनतामा मात्रै रहेको भन्दै उनले अहिले अनपेक्षित रुपमा सर्वोच्चको फैसलाले मात्रै केपी ओलीलाई हटाइएको भट्टराईले बताए ।

एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे । 

उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button