
मन्त्री पद खुस्किएपछि अटोरिक्सा चढेर मन्त्रालयवाट बाहिरिए नेता
काठमाडौ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि एमाले सरकार ढल्यो ।

मन्त्री पद खुस्किएपछि एक जना नेता रिक्सा चढेर मन्त्रालयवाट बाहिरिएका छन् ।

राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् ।
उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए ।
अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए । उनले दाङ राजधानी बनाउन मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए ।
प्रश्न–पत्र ‘लिक’ प्रकरण : प्रहरीको प्रि–स्याट परीक्षा रद्द
परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गर्दै तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । लगत्तै परीक्षा पनि रद्द गरिएको हो ।
विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै प्रहरी प्रधान कार्यालयले मातहतका युनिटमा पत्रचार गरेको छ । पत्रमा परीक्षाको मिति तय भएपश्चात जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
यूएन शाखाले १५ र १६ साउनमा लिएको प्रि–स्याट परीक्षाको प्रश्न–पत्र युएन शाखाबाटै चोरिएको थियो । प्रहरी परिचर सुरेश बमले प्रश्न–पत्र चोरी गरेर साइबर ब्युरोका हवल्दार कुमार शाहलाई पठाएका थिए ।
शाहमार्फत सई जनकबहादुर थापासम्म प्रश्न पत्र पुगेको थियो । थापाले अन्य व्यक्तिहरुलाई फोटोकपी गरेर प्रश्न–पत्र बाँडेका थिए । तीनै जनालाई बर्खास्त गर्न छानविन समितिको सिफारिस छ ।